नियम ५
मासु बिक्रेताले इजाजत पत्र लिनु पर्ने
(१) मासु बिक्रेताको रुपमा काम गर्न चाहने व्यक्ति वा संस्थाले सोको लागि स्थानीय तहको सम्बन्धित बडा
कार्यालय समक्ष अनुसूची–३ बमोजिमको ढांचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त प्राप्त भएपछि स्थानीय तहको सम्बन्धित बडा
कार्यालयले कार्यालयमा पत्राचार गरी कार्यालयले तोकेको मासु निरीक्षक वा मासु सुपरीवेक्षकबाट मासु बिक्री गर्ने स्थानको निरीक्षण गराई प्रतिवेदन प्राप्त गरेपछि मासु विक्रेताको इजाजतपत्र दिन उपयुक्त देखिएमा एकसय रुपैंयां दस्तुर लिई नुसूची–४ बमोजिमको ढांचामा दरखास्तवालालाई इजाजतपत्र दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम इजाजतपत्र प्रदान गरेपछि स्थानीय स्थानीय तहको सम्बन्धित वडा
कार्यालयले सोको जानकारी कार्यालयलाई दिनु पर्नेछ ।